April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
KN hd tv

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

काठमाडौँ – ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो । अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार रहेका थिए ।

उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको वृत्तले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको