नेपाल नगरपालिका संघ अध्यक्षमा ढुंगाना
नेपाल नगरपालिका संघको अध्यक्षमा भीम प्रसाद ढुंगाना निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगरपालिका संघको आठौं अधिवेशनबाट ढुंगाना संघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नीलकण्ठ नगरपालिका धादिङका नगर प्रमुख ढुंगाना यसअघि संघको महासचिव बनेका थिए । लामो समय देखी स्थानिय तहमा जनप्रतिनिधि रेहका ढुंगानालाई अध्यक्ष बनाउन नेपाली कांग्रेसले प्रस्ताव गरेको थियो । संघको विधान अनुसार स्थानिय तहमा सबै भन्दा बढी सिट जितेको दलले अध्यक्ष पाउने व्यवस्था छ । सोही व्यवस्था बमोजिम ढुंगानालाई नेपाली कांग्रेसले अध्यक्षमा प्रस्ताव गरेको थियो । अध्यक्ष निर्वाचित भएपछि सपथ समारोहलाई संवोधन गर्दै ढुंगानाले नगरपालिका संघलाई अझै चुस्तै बनाएर लाने प्रतिबद्धता व्यक्त गरेका छन् । संघको आफ्नै भवन निमार्णको काम तत्काल थाल्ने भन्दै उनले आफ्नै कार्यकालमा भवन निमार्ण सम्पन्न गरिने बताए । ‘म मेरै कार्यकालमा संघको आफ्नै भवन निमार्ण गर्छु ।’ अध्यक्ष ढुंगानाले भने । उनले बुधबार नै बसेको बैठकबाट भवन निमार्ण गर्ने निर्णय समेत गराएका छन् । स्थानिय तहको अधिकार कटौती हुँदै गएको भन्दै अध्यक्ष ढुंगानाले आवश्यक परे सविधान प्रदत्त अधिकारका लागि संघर्ष गर्ने समेत चेतावनी दिएका छन् । स्थानिय तहमा अहिले निर्वाचन खर्चको नाममा अनावश्यक झनझट निकालिएको भन्दै सो कानुन संसोधनका लागि प्रयास गर्ने बताए ।
प्रतिकृया दिनुहोस्