विश्वभर कोरोना संक्रमितको संख्या २ करोड भन्दा बढी
- Khabar Nirantar
- २०७७ श्रावण २८
काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।
संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१६ देशमा फैलिएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्