नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुग्यो
- Khabar Nirantar
- २०७७ श्रावण २६
काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ थियो ।
पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्