भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- Khabar Nirantar
- २०७७ श्रावण २५
काठमाण्डौँ – भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार राति बा १९च ३३८४ नम्बरको जीप र बा६६प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
फरार जीप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान सुरू गरेको उनले जानकारी दिए।
शीर्ष समाचार
- राहत शिक्षक र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
- नेपाल नगपालिका संघ र गाउँपालिका महासंघद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण
- अर्थ समितिका सभापतिको गुनासो : सरकारले ८० प्रतिशत निर्देशन कार्यान्वयन गरेन
- अर्थ समितिको कार्यविधि : ३० मिनेट भन्दा ढिला भए सभापतिले वैठक स्थगित गर्न सक्ने
- राजा खोज्दै छ समाज
प्रतिकृया दिनुहोस्