October 27, 2024, Sunday
KN hd tv

उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट आजदेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा मात्रै प्रदान गर्दैछन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्म अत्यावश्यक सेवा मात्र दिइनेछ ।

आजदेखि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका अत्यावश्यक नभएका सबै सेवा बन्द हुने प्रशासन कार्यालयहरूले जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको