कोरोना अपडेटःपोखराका ३ जनासहित गण्डकीमा थप २४ जना संक्रमित
काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरका ३ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हारा ४ सय ४३ पुगेको छ । थप कोरोना संक्रमित कास्कीका २ पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमित भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्