July 27, 2024, Saturday
KN hd tv

राजस्व कार्यालय, बुटवलका प्रमुख घुस लिएको आरोपमा पक्राउ

बुटवल– राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ लाख रुपैयाँ घुस रकम लिँदालिँदै पक्राउ परेको जनाइएको छ । घुस दिएको आरोपमा एक व्यापारी समेत पक्राउ परेका छन् ।

रुपन्देहीका गुटखा उद्योगी तथा चिनी व्यवसायी अनिलकुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवासमा रहेको राजस्व अनुसन्धान कार्यालयमा गुटखा व्यापारीसँग मासिक घुस रकम बापत रकम लिँदै गरेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको आयोगका बुटवल प्रमुख डा. भीष्म भुसालले बताए ।

शीर्ष समाचार

धेरै पढिएको