July 27, 2024, Saturday
KN hd tv

बावुको हत्या गरेर दाहसंस्कार गर्न लगेको छोरा पक्राउ

काठमाडौं – पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको शव बरामद गरेको हो ।  छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराक पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए । 

महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ ।  ललितपुरको गोदावरी–६ का कृष्णको शनिवार उपचारको क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भयो । शव आर्यघाट लगियो, गाउँलेलाई मलामी आउन भनियो । तर, गाउँलेभन्दा अगाडी प्रहरी पुगे ।  विहीबार राती मदिरा पिएका कृष्ण र छोरा ३० वर्षीय सन्तोषको बीचमा झगडा भएको थियो । विवाद हुँदा सन्तोषले बुवालाई कुटे । अनि उनी सुत्न गए । शुक्रबार साँझसम्म बावु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई ‘बावु बिरामी भएको’ जानकारी गराए । अनि, दाईको सल्लाहमा पाटन अस्पताल लगे ।  टाउकोमा चोट लागेका कृष्णलाई पाटनले छाउनी अस्पतालमा रिफर गरेको थियो ।  छाउनीमा उनको मृत्यु भयो

शीर्ष समाचार

धेरै पढिएको