November 21, 2024, Thursday
KN hd tv

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्यांकन प्रणालीमा देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ उत्कृष्ट बनेको हो। स्थानीय तह सुशासन स्वमूल्यांकनमा पेश भएको तथ्य प्रमाणको आधारमा नीलकण्ठ नगरपालिकाले ९७ अंक पाएको हो । नीलकण्ठ नगरपालिका यसअघि पनि उत्कृष्ट बनेको थियो । यसअघि नगरपालिका संघले गरेको तेस्रो पक्ष अनुगमनबाट गरेको सर्वेक्षणमा नीलकण्ठ नगरपालिका विकास तथा सुशानका दृष्टीले उत्कृष्ट बनेको थियो ।
विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको आधारमा नीलकण्ठ नगरपालिका उतकृष्ट भएको हो । नीलकण्ठ नगरपालिकाले शासकीय प्रबन्धमा कुल ९ अंकमा ८ दशमलव ५ अंक प्राप्त गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमूल्यांकन प्रणालीको अभिलेख अनुसार संगठन तथा प्रशासन, वाषिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य एवं समन्वय विधामा नीलकण्ठ नगरपालिकाले शतप्रतिशत अंक प्राप्त गरेको छ।
मन्त्रालयका अनुसार नीलकण्ठ नगरपालिकाले सेवा प्रवाह क्षेत्रमा कुल १६ मा १५ अंक, न्यायिक कार्य सम्पादनमा कुल ७ मा ६ दशमलव ५, भौतिक पूर्वाधारमा कुल १३ मा १२ दशमलव ५ र सामाजिक समावेशीकरणमा कुल १० अंकमा ९ दशमलव ५ अंक प्राप्त गरेको छ ।

भीम ढुंगाना, नगर प्रमुख, नीलकण्ठ नगरपालिका

स्थानीय तहमा लामो समयदेखि कार्यरत अनुभवी व्यक्ति नगरको नेतृत्वमा रहेकाले पनि यो उतकृष्टता संभव भएको बताइएको छ । अहिले नीलकण्ठ नगरपालिकाको नगर प्रमुखका रुपमा नेपाली कांग्रेसका नेता भीम ढुंगाना छन् । ढुंगाना दुई दुई पटक गाउँ विकास समितिको अध्यक्ष हुँदै नगर प्रमुख बनेका व्यक्ति हुन् । लामो समय गाविस महासंघ र अहिले नगरपालिकवा संघको महासचिवको रुपमा कार्यरत ढुंगाना विकास तथा शुशानका दृष्टीमा अनुभवी मान्निछन् । नीलकण्ठ नगरपालिका पटक पटक उत्कृष्ट हुनुमा आफ्नो अनुभव र टिमको मेहनेत भएको बताउँछन् । ‘कामको आधारमा मन्त्रालयले गरेको मुल्याङकन हो ।’ ढुंगानाले भने ‘नीलकण्ठ नगरबासी भनेर गर्व गर्न लायक काम गरेको अनुभुती गरेको छु ।’ उनले आफुले प्रष्ट दृष्टीकोण बनाएर काम गरेको बताए । ‘बीना योजना म कुनै पनि काम गर्दीन, त्यसले पनि मलाई लक्ष्य हाँसिल गर्न सहज भईरहेको छ ।’ उनले आगामी वर्ष सतप्रतिशत लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
ढुंगाना नगर प्रमुख बनेपछि मात्र केन्द्रीय स्तरका बजेटहरु नीलकण्ठ नगरपालिकामा अर्बौ गएको छ ।

शीर्ष समाचार

धेरै पढिएको