July 27, 2024, Saturday
KN hd tv

‘बुलाकी’ को डोल्पा छायांकन सकियो

लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ को डोल्पा छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको २४औं दिनमा फिल्मको डोल्पा छायांकन पूरा भएको हो । फिल्मको दुई गीत मात्र खिच्न बाँकी राखेर निर्माण टिम काठमाडौं फर्किसकेको छ ।

परिस्थिति हेरेर गीतको छायांकन पुषपछि गर्ने तयारी भएको निर्देशक सुनारले जानकारी दिए । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।  फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ । निर्देशक सुनारले सुरक्षा पन्तको कामबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘म सुरक्षाको फ्यान भएको छु । उहाँको कामप्रतिको लगाव र मेहनत देखेर प्रभावित भएँ । उहाँले फिल्ममा जीवन्त अभिनय गर्नुभएको छ । दर्शकले पनि फिल्म हेरेपछि यो महशुस गर्नुहुनेछ ।’ 

 मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगाता कँडेल सह-निर्माता फिल्मलाई शिब ढकालले खिचेका हुन् । फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्म जारी प्रथामाथि बनेको हो ।

शीर्ष समाचार

धेरै पढिएको