July 26, 2024, Friday
KN hd tv

सर्लाहीमा दुई छोराछोरीसँगै मृत भेटिइन् आमा

सर्लाहीमा आमासहित दुई जना बालबालिका मृत फेला परेका छन्। 

आइतबार बरहथवा नगरपालिका वडा नम्बर १ नयाँबजारस्थित घरमा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।  

शिव हजारीकी श्रीमती अन्दाजी २६ वर्षीया कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। कविताका ८ वर्षीया छोरी सुलोनी र ५ वर्षीय छोरा स्वागत पनि मृत फेला परेका छन्। 

सो घरमा अरू कोही नभएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। उनका श्रीमान विदेशमा छन्।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीलाई आइतबार बिहान खबर भएको थियो। शवको पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ। 

शीर्ष समाचार

धेरै पढिएको