July 27, 2024, Saturday
KN hd tv

सुशान्त मृत्यु प्रकरणः कंगनासँग सोधपुछ गर्दै प्रहरी

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा अभिनेत्री कंगना रनावतसँग सोधपुछ गरिने भएको छ ।

प्रहरीले यसअघि आदित्य चोपडा, सञ्जय लीला भन्साली, मुकेश छाबडासहित ३५ जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ ।

यतिबेला कंगना मुम्बईबाहिर छिन् । उनले हिमाञ्चलस्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । प्रहरीले सुशान्तको विषयमा कंगनालाई पनि सोधपुछ गर्नसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कंगनाले सुशान्तको आत्महत्यापछि बलिउडमा हुने असमानताविरुद्ध आवाज उठाइरहेकी छिन् । उनले नेपोटिज्मका कारण सुशान्तले आत्महत्या गरेको बताएकी थिइन् ।

प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको