July 27, 2024, Saturday
KN hd tv

रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकाल्दै युनाइटेड  समूह ‘एफ’ बाट अघिल्लो चरणमा पुगेको हो। 

भिल्लारियलको घरेलु  मैदानमा सम्पन्न खेलमा २–० को जित निकाल्दै युनाइटेड समूह चरणको एक खेल बाँकी छँदै अन्तिम १६ मा पुगेको हो।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले गोल गरे। भिल्लारियलविरुद्ध गोल गरेसँगै रोनाल्डोले व्यावसायिक खेल करिअरमा ८ सय गोलको नयाँ कीर्तिमान बनाएका हुन्।

समूह ‘एफ’ को अर्काे खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। घरेलु टोली योङ ब्वाइजका थियोसन जोर्डन सिवाटचिउ, भिनसेन्ट सिरो रसिल्भान हेफ्टीले गोल गर्दा एटलान्टाका डुभान जापटा, जोस लुइस पालोमिनो र लुइस मुरेलले गोल गरे।

जितसँगै युनाइटेडको ५ खेलबाट १० अंक भएको छ। पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंक छ।


शीर्ष समाचार

धेरै पढिएको