July 27, 2024, Saturday
KN hd tv

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ९०० तोकिएको छ ।

त्यसै गरी तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रुपैयाँ एक हजार २६० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको