July 26, 2024, Friday
KN hd tv

आन्दोलनरत कानुन व्यवसायीमाथि प्रहरीको बल प्रयोग

काठमाण्डौं – प्रधानन्यायाधिश चोलन्द्र शमसेर जवराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

बिहीवार सर्वोच्च अदालत परिसमा जवराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरु प्रधानन्यायाधिशको सर्वोच्च छिर्ने बैकल्पिक बाटो रोक्न जान खोज्दा प्रहरीले हातपात गरेको बताइएको छ ।

प्रधानन्यायाधिश जवरालाई सर्वोच्च अदालतभित्र पस्न नदिन भन्दै गत शुक्रवारदेखि सर्वोच्चको मूल गेटमा बसेर धर्ना दिइरहेका प्रदर्शनकर्मीलाई प्रहरीले बल प्रयोग गरेको हो ।

बारका सचिव ऋषिराम घिमीरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

झण्डै तीनसाता देखि प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसियनले जवराको राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रमहरु अझ शसक्त, बनाउँदै लैजाने बताएको छ । बारले बुधवारदेखि तेस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको