July 27, 2024, Saturday
KN hd tv

सुशान्तको जीवनमा आधारित ‘सुसाइड या मर्डर’ नामक फिल्म बन्दै

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको जीवनमा आधारित फिल्म बन्ने भएको छ ।

‘सुसाइड या मर्डर’ नामक फिल्मको शीर्ष भूमिकामा सुशान्त झैं देखिने टिकटक स्टार सचिन तिवारीले अभिनय गर्ने भएका छन् । यो फिल्म केही हदसम्म सुशान्तको जीवनमा आधारित हुनेछ ।

उत्तर प्रदेशका सचिनले आफ्नो इन्स्टाग्राममार्फत यस्तो जानकारी दिएका हुन् । फिल्ममा उनले ‘आउटसाइडर’ को भूमिका निभाउने छन् ।

फिल्मको निर्देशक शमिक मौलिकले गर्नेछन् । फिल्मको घोषणासँगै सचिन एकाएक चर्चामा आएका छन् ।

यो फिल्मलाई वर्षको अन्तिमसम्म रिलिज गर्ने तयारी थालिएको छ । फिल्मलाई सुशान्तको बायोपिक नभएको र प्रभावित फिल्म भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको