July 27, 2024, Saturday
KN hd tv

संगठन सुधारका लागि आचारसंहिताको पूर्णपालना गर्न सैनिक अधिकारीलाई प्रधानसेनापतिको निर्देशन

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठन सुधारका लागि आचारसंहिताको व्यवहारिक रुपमा पूर्णपालना गर्न सैनिक अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भद्रकालीमा बिहीबारबाट सुरु भएको दोस्रो सैनिक आचारसंहिता सप्ताह, २०७७ लाई सम्बोधन गर्दै उनले संगठन सुधारका लागि प्रतिबद्ध रहन सबै अधिकृत तथा सकलदर्जालाई निर्देशन दिएका हुन् ।

थापाले भनेका छन्, ‘संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिक रुपमा उच्चस्तरको हुनुपर्छ ।’

साथै, संहिता सैनिक अधिकारीका लागि वहालमा रहँदा मात्र नभइ अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको थापाको भनाइ छ ।

थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएको बताउँदै सैनिक आचारसंहिता पालनामा हरेक व्यक्तिले सदैव विशेष जोड दिनुपर्ने बताए ।

शीर्ष समाचार

धेरै पढिएको