April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
KN hd tv

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत

काठमाडौं- प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ । निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

सोमप्रसाद पाण्डे र माया ज्ञवालीसहित चार नेता आयोगमा पुगेर सनाखत
नेकपा (एकीकृत समाजवादी) को पक्षमा थप चार जनाले बुधबार सनाखत गरेका छन् । सांसदहरु सोमप्रसाद पाण्डे र माया ज्ञवालीसहित ४ जना बुधबार आयोगमा पुगे सनाखत गरेका हुन् ।

तर उनीहरुको सनाखतलाई स्वीकृति दिने नदिने निर्णय आयोगले गरिसकेको छैन । यस विषयमा छलफल भइरहेको आयोगका एक अधिकारीले बताए । उनीहरुले मंगलबार आयोगमै पुगेर निवेदन दिएका थिए । यदि उनीहरुको सनाखतले मान्यता पाएमा नेपालले दल र केन्द्रीय समिति दुवैतर्फ २० प्रतिशत पुर्‍याउने छन् ।

शीर्ष समाचार

धेरै पढिएको