November 21, 2024, Thursday
KN hd tv

थप ३९ जना नेपालीले विदेशमा काेराेनाका कारण ज्यान गुमाए

काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण पछिल्लाे  तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना, इराक र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म  भारतसहित विश्वभर २९ देशमा रहेका ४ सय ८६ जना नेपालीको कोराेनाका कारण ज्यान गएको छ ।  इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा संजिव सापकोटाका अनुसार अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई हप्तामा मलेसिया  र भारतमा रहेका नेपालीमा  भने थप कोरोना संक्रमण देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको