July 26, 2024, Friday
KN hd tv

नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं– नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहेका थापा प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् ।

२०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका थापाले महानिरीक्षक बन्दा आफ्नै ब्याचका अर्का १ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य १ जना एआईजी हरिवहादुर पाललाई उछिन्दै थापा महानिरीक्षक बन्न सफल भए ।

प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो ।

हालका आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अनिवार्य अवकासमा जाँदै छन् ।

शीर्ष समाचार

धेरै पढिएको