July 27, 2024, Saturday
KN hd tv

फुटको संघारमा जसपा

काठमाडौं– संघीय संसदको चौथो ठूलो शक्ति, जनता समाजवादी पार्टी(जसपा) स्पष्ट दुई धारमा विभाजित भएपछि निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन असफल भएको छ। उसकै कारण नयाँ गठबन्धन सरकार बन्ने सम्भावना समाप्त भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि निरन्तरता पाएका छन्। तर, यसले जसपालाई भने गम्भीर संकटमा धकेल्ने आकलन हुन थालेको छ। 

सत्ताको चाबी लिएर बसेको जसपा यसबीचमा विभाजनको डिलसम्म पुग्ने र फर्कने भइरहेको थियो। फेरि अब यो पार्टी बिभाजनको डिलमा पुगेको छ। एउटै पार्टी भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएपछि अब चाहिँ जसपा साँच्चिकै फुट्ने अड्कलबाजी हुन थालेका छन्।

विषय सिधै सरकारसँग जोडिएको छ। महन्थ–राजेन्द्रपक्ष प्रधानमन्त्री ओलीको पक्षमा निरन्तर लागिपरेका छन्। उनकाविरुद्ध बाबुराम–उपेन्द्रपक्ष पनि उसैगरी सक्रिय छन्। नयाँ गठबन्धन सरकार बनाउने जोडबल सफल नभएपछि बाबुराम–उपेन्द्रपक्ष अहिले केही मौन देखिए पनि चुपचाप छैनन्। 

गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि उनकाविरुद्ध उभिएका थिए, बाबुराम–उपेन्द्रपक्ष। त्यहीँबाटै महन्थ–राजेन्द्रपक्ष भने प्रधानमन्त्री ओलीका निरन्तर सहयोगी बनेका छन्।

शीर्ष समाचार

धेरै पढिएको