July 27, 2024, Saturday
KN hd tv

कोरोना संक्रमणबाट आज २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका २०३ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४,६६९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २०,९४८ पिसीआर र ५३० ऐन्टिजेन गरी २१,४७८ नमुना परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ३३५, ललितपुरमा ५५६ र काठमाडौंमा २४५८ गरी उपत्यकामा ३,३४९ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ८,५२० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ६,१३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,१३५ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५६ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.५ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १३३४ जना र भेन्टिलेटरमा ३७१ जना उपचाररत छन् ।

त्यसैगरी हाल देशैभरी १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ८,४६७ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या ९८ हजार ८६९ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ५१६ जना रहेका छन् ।

त्यस्तै हालसम्म पिसीआर प्रविधिबाट २७ लाख ३३ हजार ५१० नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको