July 27, 2024, Saturday
KN hd tv

बलिउड उद्योगले गुमायो ६ महिनामा यी सेलिब्रेट्री

भारतीय इन्टरटेनमेन्ट इण्डस्ट्रीको लागि यो साल निकै खराब रहेको छ । ६ महिनामा यस उद्योगले ४६ जना सेलिब्रेट्री गुमाइसकेको छ ।

कसैले आ’त्मह’त्या गरी ज्यान दिएका छन् भने त कसैले बिरामीका कारण । आउनुहोस् जानौँ, ६ महिनामा उद्योगले गुमाएका सेलिब्रेटी कोको रहेछन्
१.सुशान्तसिंह राजपूत– १४ जुनमा बलिउडका अभिनेता सुशान्तसिंह राजपूतले आफ्नो अपार्टमेन्टमा झु’ण्डिएर आ’त्मह’त्या गरे ।

२.चिरञ्जिवी सर्जा– कन्नडका कलाकार चिरञ्जिवीको ३९ वर्षको उमेरमा हृ’दय’घातको कारणले मृ’त्यु भयो ।

३.वाजिद खान– भारतका नामुद संगीतकार वाजिद खानको ४७ वर्षको उमेरमा हृद’यघातको कारण ज्या’न गयो ।

४.मेबिना माइकल– रियालिटी टेलिभिजन सोकी विजेता मेबिना माइकलको २२ वर्षको उमेरमा दु’र्घटनामा मृ’त्यु भएको थियो ।

५.प्रेक्षा मेहता– क्राइम पेट्रोलकी कलाकार प्रेक्षा मेहताले मे महिनामा आ’त्मह’त्या गरेकी थिइन् । उनी जम्मा २५ वर्षकी थिइन् ।

६. ऋषि कपुर– ब्लिउडका दिग्गज कलाकार ऋषि कपुरको ३० अप्रिलमा क्यान्सरको कारण मृ’त्यु भएको थियो ।

७.इर्फान खान– बलिउडका लिजेन्ड इर्फान खान ऋषि कपुरको मृ’त्यु हुनुभन्दा एकदिन पहिला भएको थियो । उनलाई २ वर्षअगाडि न्यूरोइन्डोक्राइन ट्युमर भएको थियो ।

८.डाक्टर सेतुरमन– तमिल कलाकार तथा छाला रोग विशेषज्ञ सेतुरामको ३६ वर्षको उमेरमा हृ’दयघा’तको कारणले मृ’त्यु भएको थियो ।

९. निम्मी– बलिउडकी लिजेन्डरी कलाकार निम्मीको ८७ वर्षको उमेरमा नि’धन भयो । उनी केही समयदेखि बिरामी थिइन्

१०.वेन्डेल राड्रिक्स– गएको फेब्रुअरीमा डिजाइन वेन्डेल राड्रिक्सको ५९ वर्षको उमेरमा ज्या’न गयो । उनलाई सन् २०१३ मा पद्यश्री पुरस्कारले सम्मानित गरिएको थियो ।

११.सेजल शर्मा– दिल तो ह्याप्पी है जीकी कलाकार सेजल शर्माले जनवरीमा आ’त्मह’त्या गरेकी थिइन् ।

१२. याेगेश गाैडले– योगेश गौडले मेमा ७७ वर्षको उमेरमा मृ’त्यु भएको थियो । उनी लिरिसिस्ट थिए ।

१३.मोहित बघेल- सलमान खान अभिनित चलचित्र रेडीमा देखिएका मोहित बघेलको मे महिनामा मृ’त्यु भयो । उनी क्यान्सरबाट गुज्रिरहेका थिए ।

१४.मनमित ग्रेवालले मार्चमा आ’त्मह’त्या गरेका थिए । उनी जम्मा ३२ वर्षका थिए ।

१५.सचिन कुमार– कहानी घर घर कीमा अभिनय गरिसकेका सचिनको मृ’त्यु मे महिनामा हृ’दयघा’तको कारण नि’धन भयो ।

१६.सइ गुण्डेवर– रक अन, पीके र बजारजस्ता फिल्ममा काम गरेका कलाकार सइ गुण्डेवरको मे महिनामा क्यान्सरबाट निधन भयो । उनी ४२ वर्षका थिए ।

१७.शफीक अंसारी– क्राइम पेट्रोलमा काम गरिसकेका शफीक अंसारीको १० मेको दिनमा निध’न भएको थियो । उनी क्यान्सरबाट पीडित थिए l

१८.त्रिदिब घोष– नाट्यकर्मी त्रिदिब जुनमा हृदयघातको कारणले ज्या’न गु’माए । उनको ६८ सालको उमेरमा ज्या’न गएको थियो ।

१९.इम्तियाज खान– कलाकार इम्तियाज अलिले मार्च महिनामा ज्या’न गुमा’एका थिए । उनले यादो की बारात र नूरजहां जस्ता फिल्ममा काम गरेका थिए ।

२०.सोनम शेर्पा– भारतको प्रख्यात ब्यान्ड परिक्रमाका लिड गितारिस्ट सोनम शेर्पाको फेब्रुअरीमा देहत्याग गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको