July 27, 2024, Saturday
KN hd tv

आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव लिएर देउवा भेट्न पुगे महन्थ-राजेन्द्र बूढानीलकण्ठ

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्।

गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको तीन दिनको समयसीमा सकिँदै गर्दा उनीहरु नयाँ सरकार गठनबारे छलफल गर्न त्यहाँ पुगेका हुन्।

महन्थ–राजेन्द्र पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको बुझिएको छ। ठाकुरको नेतृत्वमा गठबन्धन सरकार बनाउन कांग्रेस सभापति देउवालाई प्रस्ताव राखेको महन्थ-राजेन्द्रनिकट एक नेताले जानकारी दिए।

उनले भने, ‘महन्थजीको नेतृत्वमा सरकार गठन गर्न पहल थालिएको छ। त्यही प्रस्ताव बोकेर उहाँहरु बूढानीलकण्ठ पुग्नुभएको हो।’ कांग्रेस सभापति देउवा र महन्थ–राजेन्द्रबीच एक घन्टादेखि छलफल भइरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको