July 27, 2024, Saturday
KN hd tv

नेपाल–खनाल पक्षको सिंहदरबारमा वैठक शुरु, २१ सांसद उपस्थित

काठमाडौं-नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा शुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।

सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने÷नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको