July 27, 2024, Saturday
KN hd tv

गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिए

काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।

उनले आइतबार प्रदेश प्रमुख सीता पौडेल समक्ष राजीनामा दिएका हुन्। 

उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालद्वारा विज्ञप्तिमा भनिएको छ। गुरुङको राजीनामा स्वीकृत समेत भइसकेको छ।

सोमबार मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा मतदान हुँदैथियो।

प्रदेश प्रमुख पाैडेलले अर्को  मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।

शीर्ष समाचार

धेरै पढिएको