July 27, 2024, Saturday
KN hd tv

राष्ट्रिय सभामा उम्मेदवारी दिन हेटौँडा पुगे बादल

काठमाडौं- नेकपा (एमाले)ले आउँदो जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेका कार्यालय सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार गृहमन्त्री थापालाई बागमती प्रदेशको अन्यतर्फ रिक्त पदमा हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने  निर्णय भएको हो।

शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ। जसका लागि गृहमन्त्री थापा हेटौँडा पुगिसकेका उनका प्रेस संयोजक किरण भट्टराईले बताए। बादल काठमाडाैंबाट हेलिकप्टर चढेर हेटाैँडा पुगेका हुन्।

उम्मेदवारी दर्ता गर्न जानुअघि गृहमन्त्री थापाले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरूसँग छलफल गरेका थिए।

यता, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। देवकोटा उम्मेदवारी दर्ताका लागि यसअघि नै हेटौँडा पुगिसकेका छन्।

शीर्ष समाचार

धेरै पढिएको