April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

पशुपतिनाथमा सर्वसाधारणलाई प्रवेश रोक

काठमाडौं- नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि पशुपति नाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

कोषाध्यक्ष थापाका अनुसार सर्वसाधारणलाई पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गर्न समेत रोक लगाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको