July 26, 2024, Friday
KN hd tv

कोरोना महामारीः लकडाउन अवधिभर करिब ४१ अर्ब को क्षति पर्यटन क्षेत्रमा

काठमाडौं – विगत ६ महिनादेखि महामारीको रुपमा पैmलिएको कोरोनाभारसको कारण सबै भन्दा ठूलो क्षति पर्यटन क्षेत्रमा भएको छ । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। कारोना महामारी न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन लागु गरेको थियो भने सरकारको पछिल्लो निर्णय अनुसार आगामी साउन ७ गतेसम्मलाई यो अवधि कायम गरिएको छ।

पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्बको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ। यस तथ्यांकलाई आधार मानेर नै लकडाउन अवधिभर ४१ अर्ब बराबरको क्षति हुने अनुमान पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले उक्त प्रतिवेदन तयार गरेको होे। प्रतिवेदनअनुसार चैत ११ गतेदेखि अहिलेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको छ। पछिल्लो लकडाउन अवधि साउन ७ गतेसम्म पुग्दा थप ७ अर्ब नोक्सानी बढ्ने अनुमान गरिएको छ। कोरोना भाइरसका कारण पर्यटन गतिविधि ठप्प भएको करिब ४ महिनापछि पर्यटन मन्त्रालयले यस क्षेत्रको क्षतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै क्षतिको आंकलन गरेको हो।

पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाबाट पुगेको क्षतिको राहतस्वरूप नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याजदरमा कोषबाट ऋण दिने व्यवस्था भएको जानकारी गराइएको छ। यस्तै होटलका लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पु¥याएको छ।

उड्डयन क्षेत्रमा हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको मन्त्रालयले बताएको छ। प्राधिकरण तथा नेपाल पर्यटन बोर्डलाई तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिनाहा गरेको प्रतिवेदनमा उल्लेख छ। लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको। बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न २० करोडको बजेट व्यवस्था गरिएको छ। साथै होटल रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको छ भने वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरि दिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकको हकमा तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्र पहिचान गरी ३० दिनका लागि करिब ४ हजार रोजगारी सिर्जना हुने गरी लकडाउन अवधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण गरिएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको