July 26, 2024, Friday
KN hd tv

एफए कप : ५२ वर्षपछि लेस्टर फाइनलमा

काठमाडाैं- ५२ वर्षपछि लेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको सेमिफाइनलमा साउथह्याम्पटनमाथि १-० को झिनाे जित निकाल्दै लेस्टरले चेल्सीसँगकाे भेट पक्का गरेकाे हाे।

सन् १९६९ पछि लेस्टर पहिलोपटक फाइनलमा पुगेको हो। लेस्टरले उपाधिका लागि आउँदो अब मे १५ मा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।

लेस्टरका लागि एकमात्रै गाेल केलिची इहिनाचोले गरेका थिए। पहिलाे हाफ बराबरीमा सकिएकाे खेलकाे ५५औं मिनेटमा लेस्टरले भाग्य चम्काएकाे थियाे।

उसका लागि इहिनाचोले गोल गर्दै फाइनलकाे बाटाे देखाएका हुन्। सन् २००० मा लेस्टरले लिगको उपाधि जितेको थियो, त्यसपछि याे नै उसकाे ठूलाे उपलब्धि हाे।

शीर्ष समाचार

धेरै पढिएको