July 26, 2024, Friday
KN hd tv

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि छ वटा अजेन्डा तय भएका छन्।

यसअघिको एमालेको केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक पहिलो पटक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

महासचिव ईश्वर पोखरेलबाट कमिटी सदस्यहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गर्दै बैठकको  कार्यसूची पठाइएको थियो।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिने तथा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायत विषय बैठकमा छलफल हुने कार्यसूची रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको