July 27, 2024, Saturday
KN hd tv

४६० मा काेराेना संक्रमण पुष्टि, थप ५ काे मृत्यु

काठमाडाैं- पछिल्लाे २४ घण्टामा नेपालमा थप ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३८६ पीसीआर गर्दा ४६० जनामा संक्रमण पुष्टि भएकाे हाे।

यस्तै ८१७ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको मन्त्रालयले जनाएकाे छ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेकाे संख्या दुई लाख ७४ हजार ३१८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १५३ जना संक्रमणमुक्त भएका थिए। 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन्। याेसँगै मृतककाे संख्या ३ हजार ५८ पुगेको मन्त्रालयले जनाएकाे छ। 

शीर्ष समाचार

धेरै पढिएको