July 26, 2024, Friday
KN hd tv

नेकपाको आन्तरिक किचलोमा संसद

काठमाडौं – सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ । आज बसेको मन्त्रिरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

राष्ट्रिपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसद अधिवेशन अन्त्य गरेकी हुन् । बर्षे अधिवेशनका नामले समेत चिनिने संसदको बजेट अधिवेशन गत ३० बैशाखदेखि सुरु भएको थियो ।

सरकारले संसदमा थाँती रहेका विधेयक पारित गर्नुपर्ने अवस्थामा पार्टीभित्रको आन्तरिक किचलोमा संसदलाई प्रवेश गराएको भन्दै  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

संसदको अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याउन लागेको प्रतिपक्षले आशंका व्यक्त गरेको छ । प्रतिपक्षी दल कांग्रेसले उनले आकस्मिक रुपमा अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्ने आशंका व्यक्त गरेको हो ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले नेकपाले आन्तरिक किचलो व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य भएको छ । त्यो दुःखद हो’, उनले भने ।

त्यस्तै अर्का सांसद गगन थापाले पनि अप्रत्यासित रुपमा संसद अधिवेशन अन्त्य गरिएको भन्दै विरोध गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको