July 27, 2024, Saturday
KN hd tv

आज एकसाथ १६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दै छन्।

शनिबार बिहान बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन्।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने बताइएको छ। 

प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको