April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

अमेरिकाको सुपरमार्केटमा आक्रमण हुदाँ १० को मृत्यु

काठमाडौं–अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ।

अमेरिकी प्रहरीका अनुसार सुपरमार्केटमा एक बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको हो।

स्थानीय समयअनुसार सोमबार दिउँसो साढे दुई बजे घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको