July 26, 2024, Friday
KN hd tv

आज देशभर थपिए ७७ कोरोना संक्रमित, १०६ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १८१ नमुना परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ७७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ९२१ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ४८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९६९ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख ३६ हजार ५२६ वटा नमुना परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको