July 26, 2024, Friday
KN hd tv

बस दुर्घनामा तीनको मृत्यु, १० घाइते

मकवनापुर–झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा तनि जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक एक आपसमा जुध्दा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वाका अभयलाल कुसुवाह र विहारका बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको उनले बताए। त्यसैगरी, बसमा सवार अभयलालको उपचारको लागि हेटौंडा लैजाने क्रममा तथा सुनिललाई उपचारका लागि भरतपुरमा लैजाने क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

शीर्ष समाचार

धेरै पढिएको