July 27, 2024, Saturday
KN hd tv

भागरथी घटनामा खटिएका दुई प्रहरीको बढुवा

धनगढी- बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका हुन्। 

प्रहरी प्रधान कार्यालयले सोही घटनाको अनुसन्धानमा सक्रिय सहभागिता जनाई अपराधी पक्रन सफल भएको भन्दै डिआइजी सुवेदीसहित ५ जनालाई नगद पुरस्कारसहित सम्मान  समेत गरेको छ। 

शीर्ष समाचार

धेरै पढिएको