July 27, 2024, Saturday
KN hd tv

हामी अदालतको फैसला मान्न तयार छौं : ईश्वर पोखरेल

चितवन- उपप्रधानमन्त्री ईश्वर पोखरेलले न्यायालयको फैसला आफूहरूले मान्ने स्पष्ट पारेका छन्। प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताउँदै आफूहरू त्यसका लागि तयार रहेको बताए। 

‘न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र?’, उनले भने, ‘न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ?’ 

शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरूले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए। राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको उनले बताए।

ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?’     

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिस नगर्न सबैलाई अनुरोध गरे। यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो।

शीर्ष समाचार

धेरै पढिएको