July 26, 2024, Friday
KN hd tv

घट्यो सुनको मूल्य

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज आइतबार ९० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ । शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ यस ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य रु १५ रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको