October 18, 2024, Friday
KN hd tv

भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना

काठमाडौं । भारतको मुम्बईबाट उडान भर्ने तीन विमानमा बम राखिएको सूचना प्राप्त भएको जनाइएको छ । बम राखिएको भनिएको एउटा विमान मुम्बईबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहेको एयर इन्डियाको हो ।

बम राखिएको सूचनापछि उक्त विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गराइएको छ । विमान २३९ यात्री सवार छन् ।

यस्तै, मुम्बईबाट ओमानको मस्कट र साउदी अरेबियाको जेद्दाह जान लागेको इन्डिगो कम्पनीका दुई विमानमा बम राखिएको सूचना प्राप्त भएको छ । बम राखिएको हल्लापछि विमानको उडान रद्द गरिएको छ । ती विमानको जाँच भइरहेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।

मुम्बई–हावडा मेल नामक रेलमा पनि बम राखिएको सूचना प्राप्त भएको थियो । तर, जाँचपछि उक्त रेलमा बम नभएको पत्ता लागेको छ ।

गएका पाँच दिनमा विमानमा बम राखिएको यो दोस्रो सूचना हो । अक्टोबर ९ मा लन्डनबाट दिल्लीका निम्ति उडेको विस्तारा कम्पनीको विमानमा पनि बम राखिएको हल्ला चलेको थियो । त्यसअघि, अगस्ट २१, जुन ३, जुन २ र जुन १ जुनमा पनि यस्तै सूचना प्राप्त भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको