August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

प्रदेश १ को संसद बैठक आज

काठमाडौं- प्रदेश १ को संसद बैठक आज बस्ने भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल नै सुरु नगरी यसअघि बैठक स्थगित गरिएको थियो।

आज बस्ने बैठकको कार्यसूची तयार गर्न सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद बैठक २ बजेको लागि बोलाइएको छ। 

माघ ७ का लागि बोलाइएको पहिलो बैठक प्रदेश सरकार प्रमुखले पठाएको पत्र पढेर रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राईले अर्को पक्षका १६ सांसदलाई निलम्बन गरेका छन्। 

प्रचण्ड–माधव पक्षका प्रस्तावित मुख्यमन्त्री भीम आचार्यको समूहले मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाएको थियो। साथै,उक्त समूहले पनि राई पक्षीय सांसदलाई निलम्बन गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको