August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखको रिटमा आज सुनुवाई हुदैँ

काठमाडौं– सभामुख अग्निप्रसाद सापकाेटाले सर्वाेच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथी आइतबार सुनुवाइ हुँदैछ। सापकाेटाले अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्‌मा भएकाे नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए।

मंसिर ३० गते आफ्नाे उपस्थितिबिना बसिएको बैठकबाट ल्याइएको अध्यादेशमार्फत गरिएकाे नियुक्ति गैरकानुनी भएकाे जिकीर गर्दै सापकाेटाले रिट दर्ता गराएका थिए। यसरी गरिएकाे सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्‌मा सिफारिस सबै पदाधिकारीलाई सपथ गराएका थिए।

सभामुख सापकाेटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरुलाई रिटमा विपक्षी बनाइएकाे छ। अख्तियार, मानव अधिकार आयाेगलगायत निकायमा ३४ जनाले सपथ लिएका थिए।



शीर्ष समाचार

धेरै पढिएको