August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

चेल्सीले इंग्लिस प्रियिमर लिग: टोटेनहमविरुद्ध चेल्सीको जित

काठमाडौं– चेल्सीले इंग्लिस प्रियिमर लिग फुटबलमा टोटेनहमलाई हराएको छ। बिहीबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई १–० गोलले हराएको हो।

घरेलु टिम टोटेनहमविरुद्धको जितमा जोर्गिन्होले गोल गरे। खेलको २३ औं मिनेटमा टोटेनहमका इरिक डिएरले टिमो वार्नरलाई डिबक्सभित्र लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गोल गर्दै जोर्गिन्होले चेल्सीलाई १–० को अग्रता दिलाए। पहिलो हाफसम्म १–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।

थोमस टचेल मुख्य प्रशिक्षकमा नियुाक्त भएपछि चेल्सीले यो लगातार दोस्रो जित निकालेको हो। टचेल आएपछि पहिलो खेलमा चेल्सीले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो। तर त्यसपछि भने बर्नलीलाई २–० र टोटेनहमलाई १–० गोलअन्तरले पराजित गरेको हो।

यो जितसँगै चेल्सी लिगको छैटौं स्थानमा उक्लिएको छ। २२ खेल खेलेको चेल्सीले ३६ अंक बनाएको छ। पराजित टोटेनहमको भने २१ खेलबाट ३३ अंक छ।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४७ अंक छ। लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४ अंक हुँदा लिगको तेस्रो स्थानमा रहेको लेस्टरको समान खेलबाट ४२ अंक छ। चौथो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलको भने २२ खेलबाट ४० अंक छ।

शीर्ष समाचार

धेरै पढिएको