April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

यी हुन् क्यान्सरसँग लड्न मद्दत गर्ने खानेकुरा

क्यान्सरबाट पूर्ण रुपमा बचाउन सक्दैन तर यस्ता केही खाना छन् जसमा क्यान्सर विरोधी तत्व पाइन्छन् र यी खानेकुरा खाएर क्यान्सरको सम्भावना कम हुने गर्छ । आउनुहोस्, यस्ता खानेकुराबारे जानकारी लिऔं ।

विभिन्न रङका फलफूल तथा तरकारीः

क्यान्सरसँग लड्न फलफूल तथा तरकारीलाई निकै फाइदाजनक मानिन्छ । विभिन्न रङका फल र सागसब्जीमा थुप्रै पोषक तत्व पाइन्छ । फलफूल र सागसब्जीले हरेक प्रकारको क्यान्सरको सम्भावना कम गर्छ । आफ्नो डाइटमा गहिरो रातो, गहिरो हरियो र सुन्तला रङका सागसब्जी समावेश गर्नुहोस् ।

फोलेटयुक्त खानेकुराः

फोलेट एक महत्वपूर्ण भिटामिन बी हो जसले आन्द्रा, मलाशय र स्तन क्यान्सरबाट जोगाउँछ । आफ्नो ब्रेकफास्टमा बढीभन्दा बढी फोलेटयुक्त खानेकुरा समावेश गर्नुहोस् । फोलेटको मात्रा बढाउनका लागि सुन्तलाको जुस, खरबुजा र स्ट्रबेरी खानुहोस् । यसबाहेक अण्डा, गेडागुडी, सूर्यमुखी फूलका बिउ र पालुङ्गो पनि फोलेटको निकै राम्रो स्रोत हो । 

गोलभेडाः

विभिन्न अनुसन्धानका अनुसार गेलभेडामा पाइने लाइकोपीले प्रोस्टेटदेखि अन्य विभिन्न प्रकारको क्यान्सरबाट जोगाउँछ । यसबाहेक गेलाभेडाले बनेका प्रोसेस्ड फूड जस्तै जूस, सस वा पेस्टले क्यान्सरसँग लड्ने क्षमतालाई बढाउँछ

ग्रीन टीः

ग्रीन टीलाई क्यान्सरसँग लड्नमा निकै सहयोगी मानिन्छ । अनुसन्धानमा पाइए अनुसार ग्रीन टीले आन्द्रा, कलेजो, स्तन र प्रोस्टेट सेल्सलाई क्यान्सरबाट जोगाउँछ । यसले फोक्सोको तन्तु र छालामा पनि राम्रो प्रभाव पार्छ । ग्रीन टीले मूत्रथैली, पेट र प्यानक्रियाटिक क्यान्सरको खतरालाई पनि कम गर्छ । 

अंगुरः

अंगुर र यसको रसमा रेसवेराट्रल नामको यौगिक तत्व हुन्छ । रेसवेराट्रलमा बलियो एन्टिअक्सिडेन्ट र एन्टी इन्फेलेमेटरी गुण पाइन्छ । रेसवेराट्रल क्यान्सरका कारण कोसिकामा हुने क्षतीबाट यसले जोगाउँछ । 

पानी र अन्य तरल पदार्थः

पानीले तिर्खा मात्रै मेटाउँदैन, यसले मूत्रथैलीको क्यान्सरबाट पनि जोगाउँछ । खानामा तरल पदार्थको मात्रा बढाउँदा पिसाब अत्यधिक लाग्छ र यसका कारण मूत्रथैली सधैं सफा रहन्छ जसले क्यान्सरको सम्भावना कम गर्छ । 

राजमाः

राजमामा क्यान्सर विरोधी गुण हुन्छन् । यसमा थुप्रै गुणकारी केमिकल्स हुन्छन् जसले ती कोसिकालाई क्षती हुनबाट जोगाउँछ जसका कारण क्यान्सर हुन्छ । शोधका अनुसार राजमामा पाइने पोषक तत्वले ट्युमर बढ्नबाट जोगाउँछ । 

बन्दाः

ब्रोकली, बन्दालगायतका तरकारीमा यस्ता पोषक तत्व पाइन्छ जसले शरीरलाई हरेक प्रकारको क्यान्सरबाट जोगाउँछ । यसलाई हल्का फ्राइ गरेर वा सलादको रुपमा खानामा समावेश गर्न सक्नुहुन्छ । 

शीर्ष समाचार

धेरै पढिएको