August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

आमहड्तालमा सहभागी हुन प्रचण्ड सडकमा

काठमाडौं- आज घोषित आमहड्तालमा सहभागी हुन पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्किएका छन्। उनी सातदोबाटो क्षेत्रमा निस्किएका हुन्।

प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार देशव्यापी आमहड्ताल आयोजना गरेको छ। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विभिन्नखाले आन्दोलन गर्दै आएको नेकपाको यो पक्षले बुधबार संवैधानिक निकायहरूमा गरिएको नियुक्तिलाई लिएर आमहड्तालको आह्वान गरेको हो।

आमहड्तालको प्रभाव देशव्यापी रुपमा परेको छ। तर, प्रहरीले कैयौंलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकामा मात्रै ७५ जना पक्राउ परिसकेको प्रहरीले बताएको छ।

शीर्ष समाचार

धेरै पढिएको