सामसुङ लेटेस्ट स्मार्टफोन ग्यालेक्सी एम ११ सार्वजनिक
काठमाण्डौ – सामसुङ एम सिरिजको लेटेस्ट स्मार्टफोन ग्यालेक्सी एम ११ सार्वजनिक भएको छ । यो फोन नेपाली बजारमा गएको असार ११ गतेदेखि बिक्री हुँदै आएको छ । नेपाली बजारमा यसको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
साथै कम्पनीले यस फोनको फिचर पनि सार्वजनिक गरेको छ । सामसुङ एम ११ सिरिजमा पाँच हजार एमएमएचको ब्याट्री रहेको छ । यसको डिसप्ले र प्रोसेसर एकदमै शक्तिशाली रहेको कम्पनीले जनाएकाे छ ।
तर यो फोनको मूल्य र यसलाई सार्वजनिक गर्ने विषयमा कुनै जानकारी उल्लेख छैन ।
यो फोन ३ जीबी र्याम प्लस ३२ जीबी स्टोरेज, ४ जीबी र र्याम ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
यो फोनमा ६.४ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले रहेको छ । साथै यो फोनमा उच्चस्तरको पर्फमेन्सका लागि क्वालकम स्नेपड्रागन ४५० चिपसेट रहेको छ । यसमा एन्ड्रोइड १० ओपरेटिङ सिस्टमले काम गर्नेछ । यसमा ट्रिपल रियर क्यामेरा राखिएको छ । जसमा १३ एमपी, २ एमपी र ५ एमपीको सेन्सर रहेको छ । यसबाहेक यसमा फ्रन्ट क्यामेरा ८ एमपीको रहेको छ ।
प्रतिकृया दिनुहोस्