August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

आम हड्ताल गर्नु हाम्रो बाध्यात्मक कदम हो प्रचण्ड–नेपाल समूहको दाबी

काठमाडौं – विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोली (बिहिबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपाले बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै आमहड्तालको घोषणा गरेको हो ।

विवादै विवादका बीच सरकारले संवैधानिक निकायहरुमा नियुक्ती गरेसँगै प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरेको हो ।

आमहड्तालको घोषणालाई प्रचण्ड–नेपाल समूहले बाध्यात्मक कदम भनेको छ । बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको प्रतिगामी कदमलाई परास्त गर्न आमहड्ताल बाध्यात्मक रुपमा चालिएको कदम भएको बताए ।

‘भोली देशव्यापी आम हड्तालको घोषणा गरेका छौं’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेर देशलाई समग्र नै प्रतिगमन तिर धकेल्ने जुन योजनालाई अगाडि बढाइएको छ त्यसलाई पूर्णं रुपमा असफल पार्न यस प्रकारको संघर्षमा जान बाध्य भएका हौं ।’

उनका अनुसार भोलीको आमहड्ताल मुलतः संवैधानिक निकायमा नियुक्तीको विरुद्धमा हो । ‘आमहड्ताल मुलभूत असंवैधानिक रुपमा गरिएको संवैधानिक परिषदका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण र नियुक्तीको विरुद्धमा हो’ श्रेष्ठले भने ।

नेकपाले आन्दोलनका कार्यक्रमलाई परिमार्जन गर्न तर्फ लागेको पनि श्रेष्ठले बताएका छन् । उनका अनुसार सरकारका पछिल्ला कदमसँगै प्रचण्ड–नेपाल पक्ष आन्दोलनलाई थप सशक्त बनाउने योजनामा लागेको छ ।

शीर्ष समाचार

धेरै पढिएको