August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

७ सय ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झन्डै किलो सुनसहित एक युवक पक्राउ परेका छन्।

विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले ७ सय ग्राम सुनसहित चितवनको भरतपुरका धीरेन्द्र महतोलाई पक्राउ गरिएको बताए।

नेपाल एयरलाइन्सको २३० नम्बर फ्लाइटमार्फत् नेपाल आएका महतोको लगेजभित्र उक्त सुन फेला परेको उनले बताए ।

यसबारे अनुसन्धान भइरहेको एसएसपी बास्तोलाले बताए।

शीर्ष समाचार

धेरै पढिएको